समाज
रामेछाप खाँडादेबीका फरार अभियुक्त पक्राउ
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | २०:१७:०० मा प्रकाशित

काठमाडौँ । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका-१४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न ग बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस