गाउँ सहर
कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | १६:५४:०० मा प्रकाशित
कैलाली । कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त टिकापुर नगरपालिका(२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका(१ बस्ने नबिन जंग शाह समेत ४ जना टिकापुर नगरपालिका(२ खोटेना भुराखानी सामुदायिक वनमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुक पड्किन गई गोली लागेर नबिन जंगको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस