समाज
सांकेतिक : तस्बिर
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त चौधरी पक्राउ
- गाउँ सहर संवाददाता
- २२ चैत आइतबार, २०७७ | १७:३८:०० मा प्रकाशित

कैलाली । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त गोदावरी नगरपालिका-६ खैराना बस्ने ३८ बर्षीय राम प्रसाद चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
२०६५ जेठ २४ गते राम प्रसादको खेतमा रहेको फलफुल आरु खान गएका सोही ठाउँ बस्ने ६ वर्षीय लक्ष्मण चौधरी समेतका ५/६ जना केटाकेटीहरुलाई राम प्रसादले कुटपिट गर्दा लक्ष्मणको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका-७ मगरटोलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
प्रतिकृया दिनुहोस