गाउँ सहर

लागुऔषध मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले लागुऔषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । उनलाइ नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरिएकाे हाे ।

प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले जानकारी दिएका छन् । 

नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना  हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।

प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले जनाए । 

गाउँ सहर संवाददाता