काठमाडौं । डकैती गरेर भागेका आरोपीलाई प्रहरी नियन्त्रणमा लिएकाे छ । बसुन्धारा स्थित चेल्सी फाउन्डेशनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (एसपी) दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
कुमारले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेशनको कार्यालबाट विभिन्न कम्पनीका ल्यापटप डकैती गरेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका घर भएका कुमारलाई प्रहरीले २०६० मा पनि डाँका मुद्दामा पक्राउ गरेको थियो । उनि त्यसबेला ८ वर्ष जेल बसेर निस्केका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस