समाजको समूचित विकासका लागि डटेर काम गर्छाैँ : सह–संयोजक घिमिरे
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | २०:०९:०० मा प्रकाशित
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाडाैँ सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् । नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो । मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका हुन् ।
सह–संयोजक घिमिरेले तरुण विभाग बागमती प्रदेशलाई अझै गतिशील तुल्याई युवाको हितका लागि उल्लेख्य काम गर्ने बताएका छन् । उनले युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याइने, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तथा उद्यमशील बनाउन विभिन्न शिपमुलक तामिलको व्यवस्था गर्न पहल गरिने बताए । विभागले आगामी दिनमा पनि समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाजको समूचित विकासका लागि डटेर काम गर्ने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस