देउवा निवासमा कार्यकर्ताकाे नाराजुलुश, फर्जी क्रियाशील सदस्यता खारेजीको माग
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | १४:४४:०० मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
भदौमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेसका कार्यकताले प्रदर्शन गरेका हुन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।
प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता वरिष्ठ नेता पौडेल पक्षका हुन्। विरोध कार्यक्रमको अगुवाइ रञ्जित कर्णले गरेका छन्
बिहीबार बस्ने केन्द्रीय कार्यसमितिले बिथोलिएको महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने तयारी गरेको छ । तर पौडेल समूहले अझै पनि भदौमा ‘फाष्ट ट्रयाक’बाट भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस