देउवा निवासमा कार्यकर्ताकाे नाराजुलुश, फर्जी क्रियाशील सदस्यता खारेजीको माग
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | १४:४४:०० मा प्रकाशित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
भदौमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेसका कार्यकताले प्रदर्शन गरेका हुन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता वरिष्ठ नेता पौडेल पक्षका हुन्। विरोध कार्यक्रमको अगुवाइ रञ्जित कर्णले गरेका छन्
बिहीबार बस्ने केन्द्रीय कार्यसमितिले बिथोलिएको महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने तयारी गरेको छ । तर पौडेल समूहले अझै पनि भदौमा ‘फाष्ट ट्रयाक’बाट भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस