अर्थतन्त्र
सुनको मूल्य बढ्याे चाँदीको स्थिर
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | १२:०३:०० मा प्रकाशित
काठमाडौं । बिहीबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन ८८ हजार ८ सय तथा तेजाबी सुन ८८ हजार ३५० रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी अघिल्लो दिनको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस