ग्लोबल आइएमई बैंकले क्लासिक भिल्लाले निर्माण गरेकाे घर-जग्गा खरिद गर्नलाई सहुलियत कर्जा दिने
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | ११:०३:०० मा प्रकाशित

काठमाडाैं । ग्लोबल आइएमई बैंकले ललितपुर महानगरपालिकावडा नं २३ धापाखेलमा क्लासिक भिल्लाले निर्माण गर्ने आवासीय घर खरिद गर्न चाहनेका लागि सहुलियत ब्याजदरमा घर कर्जा दिने भएकाे छ ।
त्यसकाे लागि ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीर क्लासिक भिल्लाप्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर-जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।
साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाप्रा.लिले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको बैकले जनाएकाे छ ।
हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियमसहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सीमित अबधिको लागि संचालन गरिरहेको बैंकले उल्लेख गरेकाे छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दकि्षण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस