नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सबैभन्दा बढी खराब कर्जा, अरूकाे अवस्था कस्ताे ?
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बिहीबार, २०८१ | १९:०६:०० मा प्रकाशित

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको तथ्यांकले बताएकाे छ ।
१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ । खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन् ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै खराब कर्जा नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको रहेको छ । यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ । समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत छ ।
त्यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत छ । नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ ।
प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस