काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | ०८:३१:०० मा प्रकाशित
.jpg)
काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ ।
भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।
तर सोही आदेशमा सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामाग्री ढुवानी भने बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म सन्चालन गर्ने भनिएको छ । यसको अर्थ निर्माण सामाग्रीको ढुवानीमा भने रोकतोक हुने छैन ।
सात बजे अगाडि नै व्यपार व्यवसाय बन्द गरिसक्नुपर्ने लगायतका अन्य मापदण्डहरु यथावत राखिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस