त्रिविअन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षार्थीहरूलाई यी स्थानमा खाेप लगाइने
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १६:५७:०० मा प्रकाशित

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हाे ।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको गाउँसहरलाई बताए ।
अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।
यसअघिसं युक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयमा जुन खोप उपलब्ध छ त्यही खोप विद्यार्थीहरूलाई लगाइने उनले बताए ।
त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।
खाेप लगाइने अस्पतालहरू
वीरेन्द्र सैनिक अस्पताल,
नेपाल प्रहरी अस्पताल पानीपोखरी,
शसस्त्र प्रहरी बल बलम्बु अस्पताल,
राधा स्वामी सत्संग केन्द्र बसुन्धारा र
परिवार कल्याण महाशाखा, टेकु

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
प्रतिकृया दिनुहोस