त्रिविअन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षार्थीहरूलाई यी स्थानमा खाेप लगाइने
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हाे ।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको गाउँसहरलाई बताए ।
अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।
यसअघिसं युक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयमा जुन खोप उपलब्ध छ त्यही खोप विद्यार्थीहरूलाई लगाइने उनले बताए ।
त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।
खाेप लगाइने अस्पतालहरू
वीरेन्द्र सैनिक अस्पताल,
नेपाल प्रहरी अस्पताल पानीपोखरी,
शसस्त्र प्रहरी बल बलम्बु अस्पताल,
राधा स्वामी सत्संग केन्द्र बसुन्धारा र
परिवार कल्याण महाशाखा, टेकु

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस