नेकपा एमालेद्वारा हिलेदेवी-काठमाडाैं सम्पर्क मञ्च गठन
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १२:४७:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले रामेछापकाे सुनापति गाउँपालिका-३, हिलेदेवीबाट काठमाडाैंमा विभिन्न पेशा व्यवसाय गर्दै आएकालाई समेटेर नेकपा एमालेले हिलेदेवी-काठमाडौं सम्पर्क मञ्च गठन गरेकाे छ ।
मंगलबार काठमाडाैंमा एक भेला गरि नेकपा एमाले वडा अध्यक्ष ध्रुव खड्काको अध्यक्षता र तथा निर्माण व्यवसायी दिपेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा बसेकाे बैठकले पदमबहादुर तामाङकाे अध्यक्षतामा ११ सदस्यीय सम्पर्क मञ्च गठन गरिएकाे हाे ।
मञ्चका उपाध्यक्ष काशिराम खड्काका अनुसार सम्पर्क मञ्चमा दुई उपाध्यक्ष बनाइएकाे छ । अब एक जना सदस्यकाे नाम थप्न बाँकी रहेकाे खड्काले बताए ।
अध्यक्ष- पदम बहादुर तामाङ
उपाध्यक्ष - काशिराम खड्का
उपाध्यक्ष - सुदर्शन कार्की
सचिव - बसन्त कार्की
सह-सचिव - रबिन्द्र योञ्जन
कोषाध्यक्ष - प्रेम बहादुर तामाङ (ग्यापक)
सदस्य - साजन कार्की
सदस्य - विजय श्रेष्ठ
सदस्य - राजेन्द्र मोक्तान
सदस्य - राजु थिङ
त्यसैगरि सुनापती गाउँपालिका -३ हिलेदेवी भलायखर्क निवासी इन्द्रबहादुर ग्याबकको मिर्गौला फेल भई हाल ललितपुर जिल्लाको सुमेरू अस्पतालमा उपचार गराइरहेकाले नेकपा एमाले हिलेदेवीको पहलमा एक लाख रूपैयाँ आर्थिक सङ्कलन गरि परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएकाे पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
प्रतिकृया दिनुहोस