कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिको बैठकमा महाधिवेशनदेखि खाेप र भ्रष्टाचारबारे छानबिनका कुरा
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | १२:५४:०० मा प्रकाशित

काठमाडाैं । सोमबारदेखि सुरु नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी रहेको छ । बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।
अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् ।
१४औं महाधिवेशन तोकिएको समयमा नहुने परिस्थिति सिर्जना हुँदै गएपछि आफ्नो पक्षको रणनीति बनाउन पौडेल पक्षका जिल्ला सभापतिको भेला बोलाइएको हो ।
भदौमा महाधिवेशन हुन नसकेको खण्डमा कोरोनाकाललाई शून्य समय मानेर मंसिरमा महाधिवेशन गर्न सकिने कुरा आएपनि त्यसको साटो विशेष महाधिवेशन नै हितकर हुने उनीहरुको जिकिर छ ।
नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अधिवेशन गर्न नसक्ने अवस्थामा पुग्नु जनमानसमा पनि नकारात्मक सन्देश जाने कांग्रेस जिल्ला सभापतिहरूको निष्कर्ष छ ।
प्रत्यक्ष ३६ जना र भिडिओ संवादमार्फत् थप १२ जिल्लाका सभापतिको छलफलमा सहभागिता रहेको कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले बताए । जिल्ला सभापतिको भेलाको समापन सम्बोधन वरिष्ठ नेता पौडेलले गर्ने भएका छन् ।
पार्टी सरकारमा पनि भएको सन्दर्भमा सबै नागरिकलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न पनि जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएका छन् । यस्तै भ्रष्टाचारबारे छानबिनका लागि निष्पक्ष न्यायिक आयोग बनाएर काम गर्न पनि सरकारलाई जिल्ला सभापतिहरूले सुझाव दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस