कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिको बैठकमा महाधिवेशनदेखि खाेप र भ्रष्टाचारबारे छानबिनका कुरा
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडाैं । सोमबारदेखि सुरु नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी रहेको छ । बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।
अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् ।
१४औं महाधिवेशन तोकिएको समयमा नहुने परिस्थिति सिर्जना हुँदै गएपछि आफ्नो पक्षको रणनीति बनाउन पौडेल पक्षका जिल्ला सभापतिको भेला बोलाइएको हो ।
भदौमा महाधिवेशन हुन नसकेको खण्डमा कोरोनाकाललाई शून्य समय मानेर मंसिरमा महाधिवेशन गर्न सकिने कुरा आएपनि त्यसको साटो विशेष महाधिवेशन नै हितकर हुने उनीहरुको जिकिर छ ।
नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अधिवेशन गर्न नसक्ने अवस्थामा पुग्नु जनमानसमा पनि नकारात्मक सन्देश जाने कांग्रेस जिल्ला सभापतिहरूको निष्कर्ष छ ।
प्रत्यक्ष ३६ जना र भिडिओ संवादमार्फत् थप १२ जिल्लाका सभापतिको छलफलमा सहभागिता रहेको कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले बताए । जिल्ला सभापतिको भेलाको समापन सम्बोधन वरिष्ठ नेता पौडेलले गर्ने भएका छन् ।
पार्टी सरकारमा पनि भएको सन्दर्भमा सबै नागरिकलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न पनि जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएका छन् । यस्तै भ्रष्टाचारबारे छानबिनका लागि निष्पक्ष न्यायिक आयोग बनाएर काम गर्न पनि सरकारलाई जिल्ला सभापतिहरूले सुझाव दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस