दुर्घटनामा घाइते प्रहरी निरीक्षक वाग्लेको निधन
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | ०७:१७:०० मा प्रकाशित

नवलपरासी । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ ।
गएराति साढे ८ बजे पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा रातको ११ बजे मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
वाग्लेलाई ठक्कर दिने मोटरसाइकलका चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन् । उनको युनिभर्सल मेडिकल कलेजमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक वाग्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट सरुवा भै २०७७ पुष १२ गते इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा बर्दघाट आएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस