गाउँ सहर

जेनजी आन्दोलन: मृतककाे संख्या ३० पुग्याे, एक हजारभन्दा बढी घाइते

काठमाडौँ । सोमबार र मङ्गलबार दुई दिन भएको जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर एक हजार ६१ जना घाइते भएकामध्ये सात सय १९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

दुई सय ७४ जना देशका विभिन्न २९ अस्पतालमा  उपचारत छन् । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिए ।

त्यसैगरी, सिभिल अस्पतालमा छ, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीनतीन जनाको मृत्यु भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनांमगल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईदुई जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा एक र भेरी अस्पतालमा पाँच जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालमा उपचारका लागि पुगेका दुई सय ४९ घाइतेमध्ये १२ जनाको शल्यक्रिया गरिएको छ । अन्य नौ जनाको शल्यक्रिया गर्ने योजना छ । ट्रमा सेन्टरमा १६१  घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत