राजनीति

अब राष्ट्रपति भवनभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खाेले हुन्छ : डा. लाेहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिकाे भूमिकाप्रति प्रश्न उठाएका छन् । डा. लाेहनीले राष्ट्रपतिकाे काम कर्तब्य नेकपा एमालेकाे झगडा मिलाउने हाे ? भन्दै प्रश्न गरेका छन् । 

'के अब संबैधानिक राष्ट्रपतिको काम-कर्तब्य दलहरुबीचको आन्तरिक झगडा मिलाउनु हो ? यदि हो भने जसपाभित्र पनि झगडा छ ? अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनुपर्ने होइन र ? अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दल कै बैधानिकतामा संकट आउला जस्तो छ । त्यो राष्ट्रपति महोदयले अब कहिले मिलाइदिने ? अझ मेरो सम्माननीय ज्यू मा सुझाव छ - अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपतिकाे भवन भित्र "पार्टी  विवाद मिलन केन्द्र" खोलेर त्यसको नेतृत्व राष्ट्रपति ज्यूले गरे संबिधान अनुकुल हुने हो कि ?' डा. लाेहनीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

 

गाउँ सहर संवाददाता