कर तिर्न अटेर गरेपछि काठमाडाैं महानगरपालिकाद्वारा ५२ करदातालाई ३० दिने सूचना
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १२:२७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका ५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ ।
महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा-सम्पत्ति कर पटक पटक पत्राचार गर्दा समेत बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको हाे ।
महानगपालिकाले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज, जय नेपाल हल, इम्पोरियल अर्पाटमेन्ट, कान्तिपुर होटल, होटल हिमालयन, सिटी होटल्स, शुभकामना हाउजीङ्ग, गोपीकृष्ण मुभिजु, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण, चेम्बर भवन, नेशनल ट्रेडिङ्ग, के एल टावर, सिटी सेन्टर लगायतका ५२ करदातालाई एक महिनाभित्र बक्यौता कर भुक्तानी गर्न पत्राचार गरेको हो ।
वडा कार्यालय तथा राजस्व विभागले पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको सूचनामा उल्लेख छ ।
३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुपर्ने छ । तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानूनी प्रक्रिया अगाडि बढाउने समेत महानगरपालिकाले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस