ललितपुरमा मध्यरातिसम्म यी ठाउँमा कर्फ्यू
- गाउँ सहर संवाददाता
- २४ भदौ मंगलबार, २०८२ | ०७:४५:०० मा प्रकाशित

ललितपुर । ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
कर्फ्यू आदेश जारी भएका क्षेत्र
भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।
सानेपा क्षेत्र वडा नं २० : पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म।
च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म।
प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष
- काठमाडौँमा कर्फ्युको समय पुनः बढाइयो
- आजबाट सरकारको औचित्य समाप्त : शेखर कोइराला
- गृहमन्त्री लेखकले दिए राजीनामा
- जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु
- त्रिविले सार्यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
- सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
प्रतिकृया दिनुहोस