गाउँ सहर

झापामा अनिश्चितकालीन कर्फ्यु

झापा । झापामा भर्खरैबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । प्रहरीले माइकिङ गरेर त्यस्तो आदेश जारी गरेको हो । अहिले प्रहरीले सदरमुकाम क्षेत्रमा पेट्रोलिङ सहित सो सूचना सम्प्रेषण गरिरहेको छ ।

सूचनामा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्क्ने भनिरहेको छ । असहज परिस्थिति सिर्जना भए, अत्यावश्यक काम भए वा परे सुरक्षा निकायसँग तत्काल समन्वय गर्न भनिएको छ ।

जिल्ला स्थित सुरक्षा समितिको बैठक सकिए लगत्तै सो आदेश जारी भएको हो । केहीबेर अघि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखले आफूहरु आकस्मिक बैठकमा रहेको जनाएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत