चौतर्फी दबाबपछि राष्ट्रिय परीक्षा बोर्डद्वारा दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित, अब कहिले हुन्छ ?
- गाउँ सहर संवाददाता
- २३ श्रावण शनिबार, २०७८ | १६:३८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकाे छ । कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब भइरहेको थियो ।
शिक्षा मन्त्रालयले शनिबार दिउँसो परीक्षा हुनुभन्दा १५ दिन अगाडि सूचना सार्वजनिक गर्ने भन्दै साउन ३१ गतेका लागि निर्धारित परीक्षा स्थगित गरेको हो ।
गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्क लिखित, थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट अन्तिम परीक्षाको प्राप्तांक निर्धारित गरेको थियो । मंसिर ९ गतेदेखि भएको परीक्षामा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको थियो ।
यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा गराउन सकेन । बोर्डले यसअघि जेठ २६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तीव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । त्यसपछि साउन ३१ गतेदेखि हुने गरी परीक्षाको नयाँ मिति सार्वजनिक गरेको थियो ।
बोर्डले यस वर्ष दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
एसईई परीक्षाको नतिजा लगातार दुई वर्षदेखि आन्तरिक मूल्यांकनबाट भएसँगै कक्षा १२ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्न दबाब परेको छ ।
शिक्षा मन्त्रालयका अधिकारीहरुले १५ दिनको समय राखेर परीक्षाको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस