चौतर्फी दबाबपछि राष्ट्रिय परीक्षा बोर्डद्वारा दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित, अब कहिले हुन्छ ?
- गाउँ सहर संवाददाता
- २३ श्रावण शनिबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकाे छ । कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब भइरहेको थियो ।
शिक्षा मन्त्रालयले शनिबार दिउँसो परीक्षा हुनुभन्दा १५ दिन अगाडि सूचना सार्वजनिक गर्ने भन्दै साउन ३१ गतेका लागि निर्धारित परीक्षा स्थगित गरेको हो ।
गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्क लिखित, थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट अन्तिम परीक्षाको प्राप्तांक निर्धारित गरेको थियो । मंसिर ९ गतेदेखि भएको परीक्षामा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको थियो ।
यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा गराउन सकेन । बोर्डले यसअघि जेठ २६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तीव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । त्यसपछि साउन ३१ गतेदेखि हुने गरी परीक्षाको नयाँ मिति सार्वजनिक गरेको थियो ।
बोर्डले यस वर्ष दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
एसईई परीक्षाको नतिजा लगातार दुई वर्षदेखि आन्तरिक मूल्यांकनबाट भएसँगै कक्षा १२ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्न दबाब परेको छ ।
शिक्षा मन्त्रालयका अधिकारीहरुले १५ दिनको समय राखेर परीक्षाको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस