प्रतिनिधि सभा
छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
- गाउँ सहर संवाददाता
- २३ जेठ शुक्रबार, २०८२ | १५:२६:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्। खुलाउने प्रयास विफल भएपछि शुक्रबार पनि बैठक बस्दै नबसी सारिएको हो।
छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेका विपक्षी दलहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन्। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने भएकाले त्यसदिन भने उनीहरूले बैठक चल्न दिए।
तर त्यसपछि प्रक्रियामा विपक्षी दलहरूले बैठकमा निरन्तर अवरोध जारी राखेका छन्। बैठक सञ्चालनका लागि सभामुखले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुटेको छैन।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस