सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालाे सूचीमा
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | ०७:५९:०० मा प्रकाशित

काठमाडाैं । सरकारले ७ ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई कालाेसूचीमा राखेकाे छ । सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको हाे ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले बिहीबार सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीहरुमा काठमाडौंको श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सन, कुस्माको कालिगंगा निमार्ण सेवा, इलामको कन्टा निमार्ण सेवा, धनगढीको लाटिनाथ कन्स्ट्रक्सन सेवा रेहका छन् ।
त्यसैगरी कालोसूचीमा पर्नेमा उदयपुरको अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, सुनसरीको आवीद निमार्ण सेवा र काभ्रेको बिक्रम खाद्य स्टोर रहेका छन् । ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्ष तथा अन्य सबैलाई एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस