भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन, यस्ता छन् मन्त्रिपरिषदका निर्णय
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | २०:२१:०० मा प्रकाशित

काठमाडौँ। सरकारले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषदकाे निर्णय सुनाउँदै प्रवक्ता कार्कीले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको बताए ।
मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै कोरोनाविरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १६५ मिलियन अमेरिकी डलर करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
आचरण विपरीत काम गरेको पाइएपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने तथा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालले दिएको राजीनामा स्वीकृत गरेकाे प्रवक्ता कार्कीले बताएका छन्।
त्यस्तै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा अवधिभर व्यक्तिगत घटना दर्तामा लाग्ने विलम्ब शुल्क मिनाहा गर्ने निर्णय भएको छ।
विभूषण समितिको सदस्यमा प्रा. भूषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनदास श्रेष्ठ, कुशप्रसाद मल्ली, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई नियुक्त गरिएको छ।
यस्तै सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ। निजामती सेवा ऐनअनुसार नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस