गाउँ सहर

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडाैं । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आइतवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।

प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो। 

यस्ता छन् मन्त्रिपरिषदका निर्णय
आगामी भदौ ७ देखि ९ मा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैङ्ककमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्ट्राटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने।

विश्व बैंकबाट हरित उत्पादनशिल र समावेशी विकासका लागि प्राप्त हुने अमेरिकी डलर १ सय मिलियन करिव १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम ग्रेड स्वीकृत गर्ने।

आर्थिक वर्ष २०७८/०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

आर्थिक वर्ष २०७८/०७९ का लागि कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी स्वीकृत गर्ने।

आर्थिक वर्ष २०७८/७९ का लागि कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने।

नसिम नाइनको प्रमाणपत्र नम्बर १५,०१,७१,०५४७० मिति २०७१/८ /७ मा जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने।

सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने।

पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने।

आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने।

भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने।

युएस डिपार्टमेण्ट इन्जिरको आयोजनामा आगामी २०२२ नोबेम्बर १४ देखि १८ सम्म अमेरिकामा हुने फण्डामेन्टल कार्यक्रममा नेपालको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृत दिने।

रोमनियाको बोखारेष्टमा आएटुयुको आयोजनामा असोज १० देखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार संघको कार्यक्रममा सहभागि हुन  सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई स्वीकृत दिने।

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

गाउँ सहर संवाददाता

तपाईँको मत