सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
- गाउँ सहर संवाददाता
- १४ माघ शनिबार, २०७९ | १६:४६:०० मा प्रकाशित

काठमाडौं । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको बताएका हुन् । विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशंका व्यक्त गरेका छन् ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् ।
अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान बन्द गर्न परेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।
उडान बन्द भएसँगै हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् । सर्भर विग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सका विमानको उडान बन्द भएको हो ।
उडान बन्द भएसँगै तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने प्रबल सम्भावना देखिएको छ । ठाकुरका अनुसार अध्यागमनको सर्भरमा बेला-बेलामा यस किसिमको समस्या दोहोरिने गरेको छ ।
यस विषयमा पटक पटक गृह मन्त्रालय र अध्यागमन विभागलाई तोकेता गरेपनि समस्याको समाधान नभएको उनको भनाई छ ।
अध्यागमन विभागको समस्याग्रस्त सर्भर गृह मन्त्रालय मातहतमा रहेको छ । उडान बन्द भएसँगै हाल विमानस्थलमा यात्रुहरूले अध्यागमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस