कला

एकछिन हाँसौँ ल...

१. 
आमाको कुरा
सफल— सानोमा आमाको कुरा सुनेको भए आज यो दिन देख्नु पर्दैनथियो ।
जज— ठिक छ ! के भन्नुभएको थियो आमाले ?
सफल— त्यहि त, कुरा नै सुनिन कसरी बताउँ के भन्नुहुन्थ्यो ।।

२. 
पैसा
पत्नी— सुन्दै हुनुहुन्छ, तपाईंको छोराले आजकल बढी नै पैसा उडाउन थाल्यो । जहाँ लुकाएपनि कठिन, भेटिहाल्छ ।
पति— उसको कितावमा लुकाउ । एक्जामसम्म भेट्नै सक्दैन ।।

३.
गुण
पण्डित जी ले केटा र केटीको कुण्डली मिलाउँदै भने,
वधाई छ यजमान, ३६ मा ३६ गुण नै मिल्यो ।

यो सुनेर केटापक्षकाले विवाहको लागि नाईं भने ।
केटीपक्षका हैरान भए । केटीका बुबाले भने, जब सबैकुरा मिलेको छ अनि किन नाईं !
केटाका बुबाले भने, हजुर ! हाम्रो केटा त लफुँगो छ, अब म के भनौँ !

गाउँ सहर संवाददाता