कोरोनाबाट थप २३ जनाको मृत्यु, निकाे हुने घटे - नयाँ संक्रमित बढे
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १७:००:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८११ को परीक्षण हुँदा ३ हजार १२५ संक्रमित थपिएका छन् । जसमा ६०.१३ पुरुष र ३९.८७ महिला छन् ।
आजसम्म जम्मा ३६ लाख २२ हजार ४८० पिसिआर र ३ लाख २५ हजार ७९९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ९९ हजार ६४९ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६२ हजार ७८३ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६९० सघन र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९२५ छ । निको हुनेको प्रतिशत ९४.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३६८ र होम आइसोलेशनमा रहेको संख्या २८ हजार ४०५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार २२४ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २० लाख २११ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका २१ जिल्लाहरु छन् ।
पालाे अनुसार खाेप लगाउँ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस