कोरोनाबाट थप २३ जनाको मृत्यु, निकाे हुने घटे - नयाँ संक्रमित बढे
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १७:००:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८११ को परीक्षण हुँदा ३ हजार १२५ संक्रमित थपिएका छन् । जसमा ६०.१३ पुरुष र ३९.८७ महिला छन् ।
आजसम्म जम्मा ३६ लाख २२ हजार ४८० पिसिआर र ३ लाख २५ हजार ७९९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ९९ हजार ६४९ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६२ हजार ७८३ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६९० सघन र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९२५ छ । निको हुनेको प्रतिशत ९४.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३६८ र होम आइसोलेशनमा रहेको संख्या २८ हजार ४०५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार २२४ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २० लाख २११ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका २१ जिल्लाहरु छन् ।
पालाे अनुसार खाेप लगाउँ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस