अर्थतन्त्र
सामान्य अंकले घट्याे सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडाैं । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन सोमबार थप १०० रुपैयाँ सस्तिएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँ कायम गरिएको संघले जानकारी दिएको छ । शुक्रबारदेखि चाँदी यहि मूल्यमा कारोबार हुँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस