अर्थतन्त्र
सामान्य अंकले घट्याे सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडाैं । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन सोमबार थप १०० रुपैयाँ सस्तिएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँ कायम गरिएको संघले जानकारी दिएको छ । शुक्रबारदेखि चाँदी यहि मूल्यमा कारोबार हुँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस