तिहारपछि खुलेकाे शेयरबजारमा सामान्य अंककाे वृद्धि, काराेबार तीन अर्ब नजिक
- गाउँ सहर संवाददाता
- ९ कार्तिक आइतबार, २०८२ | १५:०५:०० मा प्रकाशित
काठमाडाैं । तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको २७ हजार ८९९ पटकको कारोबारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन भगवती हाइड्रोपावरको शेयरमूल्य ७.३१ प्रतिशत घटेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने यूनियन हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस