तिहारपछि खुलेकाे शेयरबजारमा सामान्य अंककाे वृद्धि, काराेबार तीन अर्ब नजिक
- गाउँ सहर संवाददाता
- ९ कार्तिक आइतबार, २०८२ | १५:०५:०० मा प्रकाशित
काठमाडाैं । तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको २७ हजार ८९९ पटकको कारोबारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन भगवती हाइड्रोपावरको शेयरमूल्य ७.३१ प्रतिशत घटेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने यूनियन हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस