नेविसंघद्वारा विद्यार्थीलाई परीक्षाअघि कोरोना खोप लगाउन माग
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | ०९:२४:०० मा प्रकाशित

काठमाडाैं । नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ।
विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन्।
नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन्।
‘परीक्षा हुनुपूर्व नै विद्यार्थीलाई नि:शुल्क रूपमा कोरोनाविरूद्ध खोप लगाउनुपर्छ,’ उनले भने। कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदैछ। यस्तै कोरोना संक्रमित भई परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाउन पनि नेविसंघले माग गरेको छ।
परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघले आग्रह गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस