स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन कांग्रेसले खटायाे सातै प्रदेशमा नेता
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण आइतबार, २०८१ | १५:२६:०० मा प्रकाशित
नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि सात नेतालाई जिम्मेवारी तोकेको छ। पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउने गरी कांग्रेसले सात प्रदेशमा सात नेता खटाएको हो।
कांग्रेसले पार्टी नेतृत्वबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचन आन्तरिक तयारीका लागि संयोजक तोकिएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट समन्वय र संयोजन गर्ने जिम्मा केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले बताएको छ।
सहमहामन्त्री भीष्मराज आङ्दाम्बेलाई कोसी, सहमहामन्त्री महेन्द्र यादवलाई मधेस, सहमहामन्त्री महालक्ष्मी उपाध्याया 'डिना'लाई बागमती प्रदेश, सहमहामन्त्री जीवन परियरालाई गण्डकी, नेता चन्द्र भण्डारीलाई लुम्बिनी, जीवनबहादुर शाहीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई जिम्मा दिइएको कांग्रेसले जनाएको छ।
महामन्त्री शर्माले सात प्रदेश र ७७ वटै जिल्ला पार्टी कार्यालयमा सर्कुलर पठाएका गरेका छन्। सात प्रदेशको जिम्मा पाएका हरेकलाई सघाउन पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सातजना नै नेतालाई थप जिम्मा दिइएको छ।
चैत ५ गते आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस