स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन कांग्रेसले खटायाे सातै प्रदेशमा नेता
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण आइतबार, २०८१ | १५:२६:०० मा प्रकाशित

नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि सात नेतालाई जिम्मेवारी तोकेको छ। पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउने गरी कांग्रेसले सात प्रदेशमा सात नेता खटाएको हो।
कांग्रेसले पार्टी नेतृत्वबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचन आन्तरिक तयारीका लागि संयोजक तोकिएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट समन्वय र संयोजन गर्ने जिम्मा केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले बताएको छ।
सहमहामन्त्री भीष्मराज आङ्दाम्बेलाई कोसी, सहमहामन्त्री महेन्द्र यादवलाई मधेस, सहमहामन्त्री महालक्ष्मी उपाध्याया 'डिना'लाई बागमती प्रदेश, सहमहामन्त्री जीवन परियरालाई गण्डकी, नेता चन्द्र भण्डारीलाई लुम्बिनी, जीवनबहादुर शाहीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई जिम्मा दिइएको कांग्रेसले जनाएको छ।
महामन्त्री शर्माले सात प्रदेश र ७७ वटै जिल्ला पार्टी कार्यालयमा सर्कुलर पठाएका गरेका छन्। सात प्रदेशको जिम्मा पाएका हरेकलाई सघाउन पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सातजना नै नेतालाई थप जिम्मा दिइएको छ।
चैत ५ गते आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस