स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालन गर्नुपर्नेमा अर्थमन्त्री बरालको जोड
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | २१:१५:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले अब व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् । कोभिड १९ (कोरोना संक्रमण) बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउँदै मन्त्री बरालले अब स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
शनिबार पोखरा १८ को फेवा पर्यटन विकास समितिले शनिबार पोखरामा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बाेल्दै मन्त्री बरालले मान्छे अब कोरोनाको रोग र भोक तथा ऋणले गर्दा थप प्रभावित हुन सक्ने बताए ।
पर्यटन क्षेत्रलाई पुनःउत्थानको लागि कोरोना बिरुद्धको खोप पनि एक भएकोले खोप व्यबस्थापनमा संघीय सरकारले छिटो पहल गर्नु पर्ने मन्त्री बरालले जनाए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले फेवा पर्यटन समितिले राखेका मागहरुलाई पुरा गर्न आफ्नो क्षेत्रबाट पहल हुने बताए ।
अर्को एक कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन समक्ष पोखरा १७ को जनजागरण टोल विकास संस्थाले मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीहरुले फेवानहरको कारण हरेक बर्ष जसो मान्छे समेत बगाउने त केहीको मृत्यु समेत भएकोले फेवानहर व्यबस्थापन गर्न माग गरे ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले पोखरा पार्दी स्थित राम मन्दीरबाट पावरहाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नती गर्न माग गरे । पावरहाउसमा करिब ५ सय रोपनी जग्गा मध्य हाल सहासिक खेल गतिविधि संचालन गर्न सकिने गरी हाल १ सय ५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अबस्थामा रहेको उनले जनाए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस