कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेकाे भन्दै गाेकुल बास्काेटाले गरे यस्ताे टिप्पणी
- गाउँ सहर संवाददाता
- १४ श्रावण बिहीबार, २०७८ | १६:२३:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन बारे नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले बेला बेला टिप्पणी गर्ने गर्दछन् ।
बास्काेटाले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे चासाेकासाथ सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले बिहीबार कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन् ।
क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन् । उनले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ बर्ष महाधिवेशन सार्छ नपाए अब वडा तहको गर्छ । तर, पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौं त ।'
कांग्रेमा महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ । क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ ।
उनले २० दिन अघि पनि यस्तै टिप्पणी गरेका थिए ।
त्यतिबेला उनले लेखेका थिए- 'कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढवर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन।त्यसपछि हुने आम र स्थानीय चुवाबमा जादा झगडा हुदैन रे देउवा पनि सभापति नबन्ने रे।सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त?रामचन्द्रज्युलाई जहिल्यै सकस ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस