कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेकाे भन्दै गाेकुल बास्काेटाले गरे यस्ताे टिप्पणी
- गाउँ सहर संवाददाता
- १४ श्रावण बिहीबार, २०७८ | १६:२३:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन बारे नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले बेला बेला टिप्पणी गर्ने गर्दछन् ।
बास्काेटाले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे चासाेकासाथ सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले बिहीबार कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन् ।
क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन् । उनले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ बर्ष महाधिवेशन सार्छ नपाए अब वडा तहको गर्छ । तर, पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौं त ।'
कांग्रेमा महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ । क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ ।
उनले २० दिन अघि पनि यस्तै टिप्पणी गरेका थिए ।
त्यतिबेला उनले लेखेका थिए- 'कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढवर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन।त्यसपछि हुने आम र स्थानीय चुवाबमा जादा झगडा हुदैन रे देउवा पनि सभापति नबन्ने रे।सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त?रामचन्द्रज्युलाई जहिल्यै सकस ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस