अर्थतन्त्र

अघिल्लाे रेकर्ड ताेड्दै नेप्से परिसूचक नयाँ उचाइमा

काठमाडाैं । अघिल्लाे रेकर्ड ताेड्दै नेप्से परिसूचक बुधबार नयाँ उचाइमा पुगेको छ । बुधबार नेप्से सूचक १५.३० अंकले बढेर ३०९४.९५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.०२ अंकले मात्रै बढेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

तर बुधबार कारोबार रकम १३ अर्बमा झरेको छ । यस दिन १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ । मंगलबार १५ अर्ब माथिको शेयर कारोबार भएको थियाे । 

यसदिन २१९ कम्पनीको २ करोड ८१ लाख बढी कित्ता शेयर १३ अर्ब २९ करोड बराबरमा किनबेच भयो । यसदिन कारोबारमा आएका १३ मध्ये ९ समूहको सूचक वृद्धि भएको छ ।

बुधबार होटल र बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । 

यस दिन नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि बढेको छ ।

यस दिन पञ्चकन्या माई हाइड्रोपावर, सिंगटी हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर, पाँचथर पावरलगायत कम्पनीको शेयरमूल्य घटेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड बढीको शेयर किनबेच भयो ।  

 

गाउँ सहर संवाददाता