गाउँ सहर

बलात्कार मुद्दा लागेका पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

 काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हाे । 

उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माका अनुसार महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हाे ।

पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

२०७५ असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीलाई भनेकी थिइन् ।

सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।

तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।

गाउँ सहर संवाददाता