पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने मुखिया पक्राउ
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १७:५५:०० मा प्रकाशित

काठमाडौं । आफूसँग भएको पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अशोक चोकका ३५ वर्षीय चन्दन कुमार मुखिया छन्। उनले स्थानीय ३१ वर्षीय राज कुमार रायलाई पैसा दोब्बर हुने झुठा उपाय सिकाएर दुई लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
मुखियाले उक्त रकम आफूले राखेर कागजको पोको बनाई दुई वटा केमिकल र सिरिन्जसमेत दिएर २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हाने पैसा दोब्बर हुन्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनले एक बाल्टिन चोखो पानी ल्याउन लगाएर दुई वटा कागजको पोको भित्र पैसा राखेको जस्तो गरेर फरार भएको प्रहरीले जनाएको छ। सोमबार नियन्त्रणमा लिई उनीमाथि ठगी कसूरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। गत चैत २० गते भएको सो घटनाबारे प्रहरीमा उजुरी परे पनि उनलाई सोमबार मात्रै पक्राउ गरिएकाे हाे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस