पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने मुखिया पक्राउ
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १७:५५:०० मा प्रकाशित
काठमाडौं । आफूसँग भएको पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अशोक चोकका ३५ वर्षीय चन्दन कुमार मुखिया छन्। उनले स्थानीय ३१ वर्षीय राज कुमार रायलाई पैसा दोब्बर हुने झुठा उपाय सिकाएर दुई लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
मुखियाले उक्त रकम आफूले राखेर कागजको पोको बनाई दुई वटा केमिकल र सिरिन्जसमेत दिएर २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हाने पैसा दोब्बर हुन्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनले एक बाल्टिन चोखो पानी ल्याउन लगाएर दुई वटा कागजको पोको भित्र पैसा राखेको जस्तो गरेर फरार भएको प्रहरीले जनाएको छ। सोमबार नियन्त्रणमा लिई उनीमाथि ठगी कसूरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। गत चैत २० गते भएको सो घटनाबारे प्रहरीमा उजुरी परे पनि उनलाई सोमबार मात्रै पक्राउ गरिएकाे हाे।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस