मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई लक्षित गरेर सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि नि:शुल्क मोबाईल बैंकिङ्ग तथा नि:शूल्क इन्टरनेट बैंकिङ्गको सेवासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएकाे छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस