प्रतिनिधि सभा

यस्ताे छ आज बस्ने प्रतिनिधिसभाकाे बैठककाे सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ । 

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । 

गाउँ सहर संवाददाता