वातावरण

आज बुधबार बागमती, लुम्बिनी तथा सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौँ । आज २०७८ साउन ६ गते बुधबार जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता