अर्थतन्त्र
नेप्से परिसूचक १३ दशमलव ९७ अंक बढेर बन्द
- गाउँ सहर संवाददाता
- ४ श्रावण सोमबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ अंक बढेर बन्द भएको छ ।
यस दिन अघिल्लो कारोबारको दिनको तुलनामा नेप्से शून्य दशमलव ४७ प्रतिशत वद्धि भई २ हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेको हो । ३ हजार ३ दशमलव ४७ विन्दुदेखि खुलेको सोमवारको बजार ३ हजार ३२ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ९८२ दशमलव ३७ विन्दुसम्म झरेको थियो ।
कारोबार खुला भएको पाँच मिनेटमै नेप्सेले हालसम्मको उच्च विन्दुलाई समेत पार गरेको थियो । नेप्सेले उच्च विन्दु कायम गरेसँगै नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजार प्रभावित बनेको थियो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस