दुषित खेलबाट आफूलाई अलग गर्दै राजीनामा दिएको छु- भीम रावल (राजीनामापत्रसहित)
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | १७:०७:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।
'पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,' रावलको राजीनामा पत्रमा भनिएको छ, 'यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।'
रावलले संघीय संसद् भवनबाहिर पत्रकारमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले उक्त पत्र सभामुख अग्नि सापकोटालाई बुझाएर फर्किएका छन् ।
रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस