गाउँ सहर

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

गाउँ सहर संवाददाता