कास्की प्रहरीद्वारा स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरण
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | ०६:३१:०० मा प्रकाशित

पाेखरा । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामको संयुक्त आयोजनामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ स्थित रहेको मानव सेवा आश्रममा स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराबाट औषधी उपचार सहितको ७ जनाको चिकित्सक टोलीबाट मानव सेवा आश्रममा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धा गरी ११३ जनाको स्वास्थ्य परीक्षण गरी अन्दाजी रु.१,००,०००।– बराबरको औषधी वितरण गरिएको र वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी कर्मचारीहरूबाट रकम संकलन गरी अन्दाजी रु.७७,०००।– बराबरको खाद्यान्न सामाग्री खरिद गरी उक्त मानव सेवा आश्रममा सहयोग स्वरुप वितरण गरिएको प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस