कास्की प्रहरीद्वारा स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरण
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | ०६:३१:०० मा प्रकाशित
पाेखरा । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामको संयुक्त आयोजनामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ स्थित रहेको मानव सेवा आश्रममा स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराबाट औषधी उपचार सहितको ७ जनाको चिकित्सक टोलीबाट मानव सेवा आश्रममा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धा गरी ११३ जनाको स्वास्थ्य परीक्षण गरी अन्दाजी रु.१,००,०००।– बराबरको औषधी वितरण गरिएको र वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी कर्मचारीहरूबाट रकम संकलन गरी अन्दाजी रु.७७,०००।– बराबरको खाद्यान्न सामाग्री खरिद गरी उक्त मानव सेवा आश्रममा सहयोग स्वरुप वितरण गरिएको प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस