हरियाली भएर बन्द भयाे आर्थिक वर्षको अन्तिम दिनकाे नेप्से परिसूचक
- गाउँ सहर संवाददाता
- ३१ असार बिहीबार, २०७८ | १५:३९:०० मा प्रकाशित

काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन नेप्से हरियाली भएर बन्द भएकाे छ ।
यस दिन नेप्से परिसूचक ११.३३ अंकले बढेको छ ।
यस दिन २२३ कम्पनीको ७३ हजार २७२ पटकको कारोबारमा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको ५ करोड ८५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन बजारमा साढे ५ अर्बको शेयर कारोबार भएको थियो ।
बैंकिङ,ट्रेडिङ,जलविद्युत्,फाइनान्स र निर्जीवन बीमा,माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बढेको ।
कसले कमाए, कसले गुमाए ? ?
आर्थिक वर्षको अन्तिम दिन सबैभन्दा बढी कमाउने लगानीकर्तामा रसुवागढी जलविद्युत् आयोजनाका लगानीकर्ता रहेका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सबैभन्दा बढी गोर्खा फाइनान्सको ३६ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ । यस्तै वित्त उपसमूहको परिसूचक पनि १.९५ प्रतिशत बढेको छ।
त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४ प्रतिशत घटेको छ।
बिहीबारदेखि सकिएको चालु आर्थिक वर्षमा नेप्सेमा भने रेकर्ड ने रेकर्ड बनेको छ । कारोबार नै साढे १९ अर्बसम्म भयो भने सेयर बजारमा कारोबार गर्ने लगानीकर्ता समेत थपिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस