गाउँ सहर
ओली सरकारले घोषणा गरेकाे प्रतिनिधिसभाको निर्वाचन आयोगद्वारा रद्द
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १७:०८:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द गरेको हो ।
बुधबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गरेर आयोगबाट असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जनाएका हुन् ।
गते जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।
तर गत सोमबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन निर्णय बदर गरिदिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस