कोरोना संक्रमितमध्ये ५९९ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप १८ जनाको मृत्यु, संक्रमित औषत दर २४.८ प्रतिशत
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १६:५४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ४३० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ७ लाख ६ हजार ६१ पुगेका छन् भने निको हुने ६ लाख २४ हजार ७११ छन् ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ५९९ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २४ को परीक्षण हुँदा २ हजार ९०५ संक्रमित थपिएका छन् । यसमा काठमाडौँ उपत्यकामा मात्र ४२५ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो समय सक्रिय संक्रमित बढेका स्थानहरुमा सुर्खेत, कैलाली, झापा, मोरङ्ग, सुनसरी, पर्सा, महोत्तरी, दाङ्ग र रुपन्देही छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६०६ छ ।
आजसम्म ३४ लाख ३८ हजार ३३० जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख ४७ हजार ५४२ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९३ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ९९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५४८ छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ८ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस