कोरोना संक्रमितमध्ये ५९९ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप १८ जनाको मृत्यु, संक्रमित औषत दर २४.८ प्रतिशत
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १६:५४:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ४३० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ७ लाख ६ हजार ६१ पुगेका छन् भने निको हुने ६ लाख २४ हजार ७११ छन् ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ५९९ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २४ को परीक्षण हुँदा २ हजार ९०५ संक्रमित थपिएका छन् । यसमा काठमाडौँ उपत्यकामा मात्र ४२५ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो समय सक्रिय संक्रमित बढेका स्थानहरुमा सुर्खेत, कैलाली, झापा, मोरङ्ग, सुनसरी, पर्सा, महोत्तरी, दाङ्ग र रुपन्देही छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६०६ छ ।
आजसम्म ३४ लाख ३८ हजार ३३० जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख ४७ हजार ५४२ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९३ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ९९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५४८ छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ८ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस