बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १८:१९:०० मा प्रकाशित
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका-४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर लामाटारबाट फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सोही मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर २२ गतेको फैसलाले ७ दिन कैद र ५२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने काठमाडौं-१९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्रलाई समेत मंगलबार नै प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट उनलाई पक्राउ गरेको हो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस