कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | १०:०१:०० मा प्रकाशित

काठमाडाैं । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ ।
शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
एक गोलले पछि रहेको स्थिति उल्टाउँदै कोलम्बिया तेस्रो भएको हो ।
शनिबार बिहान भएको खेलको ४५औँ मिनेटमा गोल गर्दै योसिमार योतनले पेरुलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको सुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । ४९औँ मिनेटमा कोलम्बियाका जुआन कोर्डार्डोले बराबरी गोल फर्काए ।
६६औँ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए । तर ८२औँ मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
तर, थप गरिएको समयको चौथो मिनेटमा लुइस डियाजले गोल गरेपछि खेल ३-२ ले कोलम्बियाको पक्षमा पुग्यो ।
कोपा अमेरिकाको उपाधिका लागि भने आइतबार ब्राजिल र अर्जेन्टिनाबीच खेल हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस