कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | १०:०१:०० मा प्रकाशित
काठमाडाैं । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ ।
शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
एक गोलले पछि रहेको स्थिति उल्टाउँदै कोलम्बिया तेस्रो भएको हो ।
शनिबार बिहान भएको खेलको ४५औँ मिनेटमा गोल गर्दै योसिमार योतनले पेरुलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको सुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । ४९औँ मिनेटमा कोलम्बियाका जुआन कोर्डार्डोले बराबरी गोल फर्काए ।
६६औँ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए । तर ८२औँ मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
तर, थप गरिएको समयको चौथो मिनेटमा लुइस डियाजले गोल गरेपछि खेल ३-२ ले कोलम्बियाको पक्षमा पुग्यो ।
कोपा अमेरिकाको उपाधिका लागि भने आइतबार ब्राजिल र अर्जेन्टिनाबीच खेल हुने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस