सरकारकाे असंवैधानिक कदमबिरूद्ध विद्यार्थी संगठनले आन्दोलन जारी राख्ने
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | ०८:४९:०० मा प्रकाशित
काठमाडाैं । आन्दोलनरत प्रतिपक्षी विद्यार्थी संगठनको बैठकले मुलुकभित्रका शैक्षिक, राजनैनितिक, सामाजिक विकृति तथा सरकारका गैरसंवैधानकि कार्यविरूद्ध खबरदारी गरिरहने जनाएकाे छ ।
शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा सम्पन्न बैठकले प्रतिगामी असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा ब्याप्त बेथिति र बिसङ्गति, कोरोना संक्रमणको नियन्त्रण र रोकथाममा सरकारको उदासिनताका बिरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गरेको छ ।
बैठकद्वारा नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरि संविधानत: कक्षा ८ सम्मको शिक्षा नि:शुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्दछ र स्वास्थ्य, रोजगारीको हक पूर्णरुपमा सुनिश्चित हुनुपर्दछ भन्ने प्रावधान व्यवहारमा कार्यान्वयन गराउने उद्देश्यले संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संयुक्त विद्यार्थी संगठनहरुकोतर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा सार्बजनिक कार्यक्रम आयोजना गरि सामूहिक हस्ताक्षर गराउने निर्णय गरेको छ ।
बैठकले पेट्रोलियम पदार्थकोको मूल्यवृद्धि विरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ तथा देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
बैठकमा नेविसंघ अध्यक्ष राजिब ढुङ्गाना, अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ, अखिल अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष बिमल पोख्रेलले, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना लगायतको सहभागिता थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस